समसामयिक अपडेट – २०८२
१. सरकारले प्रत्येक वर्ष राष्ट्रिय कोदो दिवस मनाउने निर्णय कहिले गरेको हो ?
– वि. सं. २०८२ असार २३
* असार २३ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो ।
* राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ: साउन १६ गते यस वर्ष पहिले पटक मनाइनेछ ।
* संयुक्त राष्ट्र संघले सन् 2023 लाई कोदो वर्ष (International year of millets ) को रुपमा मनाइयो।
* विश्व मा : १३ औं स्थान मा रहेको छ ।
* प्रमुख ५ बाली मा ४ औं स्थान मा छ ।
* कोदोको बैज्ञानिक नाम Elusine coracana हो ।
* कोदो को उत्पत्ति इथियोपियामा भएको मानिन्छ ।
* कोदो सबैभन्दा बढी उत्पादन हुने प्रदेश : कोशी प्रदेश
* कोदो उत्पादनमा नेपाल १३औं नम्बरमा रहेको छ ।
२. विश्व जनसंख्या दिवस – २०२५ को नारा के रहेको छ ?
– “Empowering young people to create the families they want in a fair and hopeful world.”
* हरेक वर्ष कहिले: जुलाई ११
* कहिलेदेखि मनाउन थालिएको : सन् १९८९ बाट मनाउन सुरु भएको हो ।
* सन १९८७ को जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा संयुक्त राष्ट्र सबको Population Summit ले यो दिवस मनाउने निर्णय गरेको हो ।
* सन् २०२५ को नारा : “Empowering young people to create the families they want in a fair and hopeful world.”
* सन् २०२४ को नारा: “Leave no one, behind, Count everyone” (युवामा लगानी गरौं)
* सन् २०२३ को नारा Unleashing the power of gender equality: Upilling the voices of women And girls to unlock our world’s innite Possibilities
* जनर्सख्यामा नेपालको स्थान : विश्वमा ४९, भूपरिवेष्ठित राष्ट्रहरुमा ५ र सार्क राष्ट्रहरूमा ५ औं स्थानमा रहेको
* विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देशः भारत (भारत सन २०२३ अप्रिल १४ मा विश्वको सबै भन्दा वढी जनसंख्या भएको देश बन्यो )
* विश्वमा सबैभन्दा बढि जनसंख्या भएको शहर: टोकियो, जापान
* बढी जनसंख्या भएको भूपरिवेष्ठित राष्ट्र :- इथियोपिया
* विश्वको जनसंख्या (८ अर्व पुगेको दिन :- सन २०२२ नोभेम्वर १५)
* सार्क राष्ट्रहरूमा सबै भन्दा बढी र कम जनसंख्या भएका राष्ट्र बढी : भारत र कम : माल्दिभ्स
* आसियन राष्ट्रहरूमा सबै भन्दा वढी र कम जनसंख्या भएका राष्ट्र : बढी : इण्डोनेसिया कमः कुताई
* EU मा सबैभन्दा बढी र कम जनसंख्या भएका राष्ट्र :- बढिः जर्मनी र कमः माल्टा,
* जनसंख्या सम्वन्धि अध्ययन गर्ने विज्ञान : डमोग्राफी (सर्वप्रथम ङमो ग्राफी शब्द प्रयोग गर्ने व्यक्ति, फ्रान्सका : आकोली गुइलाई, १९५५ हुन् ।)
* राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लागेको,
* त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढेको,
* सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको,
* २०२१ मा यो सात अर्ब ९० करोड पुगेको,
* जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको,
* सन् २०३० मा ८ अर्ब ५० करोड, २०५० मा ९ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको,
* सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अरब पुगेको थियो ।
* नेपालमा जनसंख्या वृद्धि सम्बन्धि पढाई सुरु : बि.स. २०५६
३. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कहिले र कहाँ हुने भनिएको छ ?
– वि.सं. २०८२ मङ्सिर २ देखि ९ गतेसम्म
* संस्करण: १० औं
* मिति: वि.सं. २०८२
* कहाँ: सुर्खेतको वीरेन्द्रनगरमा ( कर्णाली प्रदेश )
* लोगो र मास्कोट सार्वजनिक मिति : वि.सं. २०८१ चैत्र ५ गते
* मास्कटको रूप : हाब्रे/ रेड पाण्डा
* लोगो मास्कट तयार गर्ने : विकास तमखु
* सुरुमा २०८१ मंसिर २-९, गते पहिलो मिति यो थियो । २०८१ चैत २३-३०,र २०८२ जेठ ३-७ मिति तोकियो तर केहि कारण हुने भएन फैरी वि.सं. २०८२ मङ्सिर २ देखि ९ गतेसम्म पुगेको छ ।
❖ नवौं औय राष्ट्रिय खेलकुद २०७९
* वि.सं. २०७९ वैशाख २४ मा नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरिएको थियो ।
* वि.सं. २०७९ असोज २८ गते देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा सम्पन्न ।
* मस्कट : लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग
* लोगो माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको आकाशे निलो आकृतिले शान्तिको प्रतिक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्माले साविकको प्रदेश नं. ४ लाई जनाएको छ। लागो भोलानाथ पौड्यालले निर्माण गरेका हुन् ।
* नारा : “एकताबद्ध देश, खेलकुदको सन्देश” जसलाई सुयोग्य राज काफ्ले तयार पारेका हुन् ।
* नवीं राष्ट्रिय खेलकुदमा पहिलो पटक डोपिङ परीक्षण गरिएको ।
* नवीं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परी निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदकले सम्मान गर्दै उनको सालिक निर्माण गर्ने निर्णय गरिएको ।
* सबैभन्दा कान्छो खेलाडी रितिका बुमी (७ वर्ष २२ दिन, (पौडी) सुदूरपश्चिम)
* सबैभन्दा बढी उमेरका खेलाडी धनबहादुर घले (६१ वर्ष ४ महिना (स्क्वास) कोशी प्रदेश)
* सबैभन्दा धेरै स्वर्ण पदक बिजेता डुवाना लामा (पोडी, ९ स्वर्ण)
* एथलेटिक्सकी जयरानी थारुले पाँच इभेन्टमा पाँचवटामै स्वर्ण पदक जितेको ।
* भारोत्तोलनकी तारादेवी पुनले चौथो राष्ट्रिय खेलकुदबाट नवोंसम्म स्वर्ण पदक जित्ने कीर्तिमान बनाएको ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिका

❖ राष्ट्रिय खेलकुद सुरुदेखि हालसम्म

४. राष्ट्रिय सडक सञ्जालमा जोडिने ७७ औं जिल्ला सदरमुकाम कुन हो ?
– हुम्लाको सिमकोट
* कहिले : वि.सं. २०८२ असार २२
* सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो, अब सबै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा
* कर्णाली करिडोरको हुम्लाको खार्पुनाथमा अवस्थित चुवा खोलामा ५१.८० मिटर लामो बेलीब्रिजको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपश्चात्
* हुम्ला जिल्ला भने २०७७ मंसिरमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो।
* कर्णाली करिडोरमार्फत सरकारले पहिलोपटक २०५१ सालमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि बढाएको थियो। ०५६ मा कर्णाली करिडोर निर्माणका शिलान्यास गरिएको थियो।
* योजना बनेको ३१ वर्षपछि र निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको।
* ६८२ कि.मि. लामो कर्णाली करिडोर भारतीय सीमा रुपैडियादेखि चीनको सिमाना हिल्सासम्म रहेको छ।
* कुन जिल्ला सदरमुकाममा पहिलोपटक कहिले मोटर पुग्यो ?
– जुम्ला (७४ औं) : वि.सं. २०६३ चैत्र ३० गते
– मुगु (७५ औं) : वि.सं. २०६८ पौष १
– डोल्पा (७६ औं) : वि.सं. २०७३ असार १५
५. रुकुम (पश्चिम) पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कहिले गरीयो ?
– वि.सं. २०८२ असार २६ गते
* कुन जिल्ला : रुकुम ( पश्चिम)
६. “बेष्ट बैंक अवार्ड” -2025 कुन बैंकलाई यो पुरस्कार प्रदान गरियो ?
– ग्लोबल आइएमई बैंकला
* Global IME Bank ले Global Finance Magazine को “Best Bank Award” दोस्रो पटक सन् २०२५ मा पुरस्कार पायो र नेपालका लागि पहिलोपटक सन् २०२४ मा जितेको हो ।
७. नेपालमा पहिलो पटक ISO प्रमाणपत्र प्राप्त गर्ने अदालत कुन हो ?
– विशेष अदालत
* विशेष अदालतले वि.सं. २०८२ असार २५ गते अन्तर्राष्ट्रिय मापदण्ड संगठन (ISO) को ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको हो।
* प्रमाणपत्र नापतौल तथा गुणस्तर विभागमार्फत प्रदान गरिएको हो।
* ISO 9001:2015 प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) का लागि दिइन्छ।
* यस प्रमाणीकरणले विशेष अदालतको सेवा प्रवाह, पारदर्शिता र प्रशासनिक प्रक्रिया अन्तर्राष्ट्रिय स्तरको बनाउनेछ।
* नेपालमा पहिलो पटक कुनै अदालतले यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको उदाहरण हो।
* विशेष अदालतले प्रमाणपत्र बुधबार (२०८२ असार २५) सार्वजनिक गरेको हो।
८. त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल कहिले नियुक्त भए ?
– वि.सं. २०८२ असार २५ गते
* वि.सं. २०८२ असार २५ गते मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल लाई नियुक्त गर्ने निर्णय गरेको हो।
* डा. अर्याल त्रिभुवन विश्वविद्यालयका २८औं उपकुलपति हुन्।
* उहाँले शिक्षा, अनुसन्धान र विश्वविद्यालय प्रशासनमा लामो अनुभव हासिल गर्नुभएको छ।
* त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो, जसको स्थापना वि.सं. २०१६ सालमा भएको थियो।
९. देशका सात प्रदेशमध्ये मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कहिले भयो?
– वि.सं. २०८२ असार २४ गते
* मधेश प्रदेश नेपालका सात प्रदेशमध्ये पहिलो प्रदेश बनेको छ जसले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो।
* उक्त घोषणा २०८२ असार २४ गते प्रदेश सरकार तथा स्वास्थ्य विभागको समन्वयमा गरिएको थियो।
* यस निर्णयअनुसार मधेश प्रदेशका सबै ८ जिल्लामा १६ देखि ५९ महिनाका बालबालिकालाई राष्ट्रिय खोप तालिकामा उल्लेखित सबै खोपहरू सफलतापूर्वक दिइसकिएको छ।
* पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पश्चात प्रदेशमा खोप कार्यक्रमलाई अझ दिगो र प्रभावकारी बनाउन थप कदम चालिनेछ।
* मधेश प्रदेशको यो उपलब्धिले सम्पूर्ण देशमा खोप कार्यक्रम सुदृढ गर्ने प्रेरणा दिएको छ।
१०. विश्व भलिबल दिवस कहिले मनाइन्छ?
– जुलाई ७
* विश्व भलिबल दिवस सन् १८९५ को जुलाई ७ मा विलियम जी मोर्गनले पहिलो पटक सार्वजनिक रूपमा भलिबल खेल प्रदर्शन (डेमोस्ट्रेसन) गरेको दिन सम्झेर मनाइन्छ।
* यो दिवस मनाउनको लागि फेडेरेसन इन्टरनेसनल भलिबल (FIVB) ले निर्णय गरेको हो।